मंगलबार , बैसाख २९, २०८३

‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार नेपाल वायुसेवा निगमका नियमित उडानमा देखिएको अवरोधमाथि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । ‘प्राधिकरणबाट पारित निगमका नियमित उडानअन्तर्गत बुधबार र बिहीबारका तालिकामा किन अवरोध देखिएको विस्तृत अध्ययनसहित स्पष्टीकरण सोधेका छौं,’ विभागका एक उच्च अधिकारीले भने ।

यसैबीच निगमले क्यबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैयाँ क्षति भएको जनाएको छ । दुई दिन उडान अवरोध हुँदा कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका एक अधिकृतले बताए । दुई दिनमा कम्तीमा ७५ यात्रुलाई अरू वायुसेवाको विमानबाट पठाउँदा उडान छुट्न गएकालाई होटलमा राख्दा साढे दुई करोड क्षति भएको ती अधिकृतको भनाइ छ ।

यस घटनामा निगममा रहेका कांग्रेस, एमाले, माओवादी र समाजवादी पार्टीसँग आबद्ध तीन कर्मचारी संगठनले संयुक्त विज्ञप्ति निकालेर निगमले बेहोरेको क्षतिको असुलउपर गराउन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापन बुझाएका छन् । उडान अवरोध हुने कार्यलाई राष्ट्रघाती भएको भन्दै अत्यावश्यक सेवासँग सम्बन्धित ऐनअनुसार कारबाही हुनुपर्ने माग पनि उनीहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP