सोमबार , बैसाख ८, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्।

शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए।

‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने।

अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्‍याइरहेका छन्।

शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP