मंगलबार , बैसाख २९, २०८३

बुटवल, ४ पुस ।

खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकासने लक्ष्यसहित बुटवलमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ ।

होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एकसय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।

फेस्टिभलको तयारीस्वरुप संघले सोमबार सल्लाहकारसमेतको बैठक आयोजना गरेको थियो । बैठकमा सहभागी सबैले पर्यटन व्यवसाय उकास्न फुड फेस्टिभल महत्वपूर्ण माध्यम हुने भन्दै यसको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशिल रहने बताएका छन् ।

संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उनले बताए । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।

बैठकमा बरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डे लगायतले बोल्दै पर्यटन क्षेत्र र होेटल ब्यवसाय एक अर्काका परिपुरक भएको बताएका थिए । तीन दिनको सो महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो ।

स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्नका लागि कोरोना नै वाधक बनेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP