शनिबार , असार १३, २०८३

नयाँ सत्ता समीकरणको बहस तीव्र छ। राजनीतिक दलका शीर्ष नेताले भेटवार्तालाई तीव्रता दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्ता जारी राखेका बेला माओवादी केन्द्रकै सचिव गणेश साहले अबको प्रधानमन्त्री प्रचण्ड नै बन्ने संकेत गरेका छन्।

अन्नपूर्ण पोस्टको कार्यक्रम ‘द न्यूज मेकर’मा भूपाल लुइँटेलसँग कुरा गर्दै साहले पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा देखिने बताए।

संख्यात्मक हिसावले माओवादी सानो भएपनि गुणात्मक हिसावले माओवादी ठूलो भएकाले प्रधानमन्त्रीमा दाबी स्वाभाविक रहेको उनको भनाइ छ। प्रचण्ड प्रधानमन्त्री हुँदा देखाउने सुजबुझ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले देखाउन नसकेको भन्दै उनले अबको आवश्यता पनि प्रचण्डले नै सम्बोधन गर्न सक्ने बताए।

प्रचण्ड प्रधानमन्त्री हुँदा शान्ति प्रकियाका बाँकी काम तार्किक निष्कर्षमा पुग्न मद्दत मिल्ने, आर्थिक अवस्था सुधार र अस्थिरता हटाउन पनि सहयोग पुग्ने साहको तर्क छ।

कांग्रेसले ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएपनि उदारता देखाउन नसक्ने र गठबन्धन भत्किएमा मुलुक संकटमा जाने साहले बताए। उनले भने, ‘हामी चाहान्छौँ सबै राजकीय पदहरूको ‘प्याकेजमा डिल’ होस् । राष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेश प्रमुख र राजदूतसम्मका विषय टुंगिनुपर्छ।’

एमालेसँग माओवादी केन्द्रका नेताले गरेको भेटवार्ता सरकार बनाउन नभइ बाम एकताका लागि रहेको उनले बताए। सरकार फेरिए पनि सदन ५ वर्ष सम्मै चल्ने उनको भनाइ छ। साहसँगको कुराकानी हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP