मंगलबार , बैसाख २९, २०८३

बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गर्नुभएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गर्नुभयो ।

‘लामो समयदेखि बुटवलको बस्तीमाथिको हाइटेन्सन तारले बस्तीलाई जोखिममा पारेको छ, कतिपय स्थानमा दुर्घटना हुने गरेका छन्, प्रमुख पाण्डेयले घिसिङको ध्यानाकर्षण गराउँदै भन्नुभयो–बस्तीमाथिको तार बस्तीबाहिर सार्नका लागि प्राधिकरणले योजना ल्याओस्, हामी सहयोग गर्न तयार छौं ।’
नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।

‘बुटवलको बढ्दो शहरीकरणलाई ध्यानमा राखेर प्राधिकरणले भूमिगत रुपमा विद्युत वितरण गर्ने र व्यवस्थित गर्नेतर्फ पनि योजना अघि बढाउनुपर्छ, उहाँले भन्नुभयो–जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न मेरो अनुरोध छ ।’

नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गर्नुभयो ।

भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP