शनिबार , भाद्र १३, २०८३

काठमाडौं । एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले पश्चाताप गरेकी छन्। चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि गौतमले थुप्रै प्रश्नको सामना गर्नु परेको छ ।

अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

गौतमले अन्तर्वार्तामा बलात्कारपछि महिलाहरु पुनर्स्थापना हुन कठिन रहेको बताएकी थिइन् । उनले बलात्कार र खुट्टा काटिएको घटनाको उदाहरण दिँदै बलात्कृतलाई हेर्ने समाजको नजरका कारण पुनर्स्थापना हुन कठिन रहेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा हाल भाइरल भएको उनको भिडियो क्लिपमा उनले भनेकी छन् !

‘… म उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार गर्‍यो, म पीडित भएँ नि त, एउटा सिनारियो । अर्को सिनारियो, कोही मान्छेले आएर मेरो दुईवटा खुट्टा काटिदियो, दुईवटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुहोस् । म बलात्कृत महिला धेरै बिचरा भएँ या खुट्टा काटिदियो, त्यो सोविता विचरा भई ? यसरी हेर्दा त मेरो खुट्टा काटिदिएको जघन्य अपराध हो नि त, जिन्दगीभर, खुट्टा काटिदिएपछि म म के गर्ने, मेरो जिन्दगी सकियो त ।

तर बलात्कृत हुँदैमा पुनर्स्थापना हुन कुनै पनि गाह्रो छैन, अन्टिल एण्ड अनलेस हाम्रो शरीरमा कुनै पनि हानी नोक्सानी हुँदैन, त्यसले दीर्घकालीन असर केही पार्दैन, खाली समाजले बलात्कार भन्ने विषयलाई यति ठूलो बनाइदियो, हामीले ग्लोरिफाइ गर्‍यौं, डलरहरु ल्याउने..। समाजमा बलात्कार भनेर ग्लोरिफाइ गरेका कारणले महिलाहरु बढी भावुक भएको जस्तो लाग्छ ।’

चार वर्ष अगाडि आफूले दिएको अभिव्यक्तिको आशय भने गलत नभएको उनको तर्क छ । तर, अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकाले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन् । ‘…मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

गौतमले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वभाविक व्यवहार गर्दा पुनर्स्थापनामा सहज हुन्छ भन्ने आशय व्यक्त गरेको तर यसैमाथि प्रश्न उठेको कुरा मनन् गरेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP