आइतबार , भाद्र १४, २०८३

कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।

प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् । प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए ।

दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठहर्‍याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए । पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक बर्ष सयौं यात्रुले अकालमा जीवन गुमाउने गरेका छन् । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP