मंगलबार , बैसाख २९, २०८३

भैरहवा।भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै शान्ति नमूनाले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको शान्ति नमूनाले उपाधि जित्दा उसका ब्याट्सम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्दतले ३८ रनको योगदान दिए । शान्तिका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् । शान्ति नमूना १ बल बाँकी छदै अलआउट हुँदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम शेखले समान एक–एक विकेट पाए ।

जितका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रनमात्र बनाई १ रनले पराजय भोग्यो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनायो । लुम्बिनीका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाए । शान्ति नमूनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले समान एक–एक विकेट लिए ।

प्रतितयोगिताम उत्कृष्ट खेलाडी हुँदै शान्ति नमूनाका स्वस्तिक पराजुलीले ५ हजार रुपैयाँ प्राप्त गरे । पराजुलीले नै उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार जित्दै २ हजार ५ सय रुपैयाँ पाए । यस्तै, उनने प्लेयर अफ द फाइनलको उपाधि समेत जिते । त्यसैगरी शान्ति नमूनाकै आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार पाए । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा काशी नोबल एकेडेमी, भैरहवा अनुशासित टिम घोषित भयो ।

बिजेता तथा उपबिजेता विद्यालयका खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर ३ (१)का नवनिर्बाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, उद्योगपति एवं रुपन्देही क्रिकेट संघका सल्लाहकार ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, भन्सार एजेन्ट महासंघ नेपालका निबर्तमान अध्यक्ष डा.शान्तकुमार शर्मा, मुख्य प्रायोजक संस्था पर्वत ज्वेलर्सका प्रबन्ध निर्देशक बिमल सेन्चुरी, क्रिेकट संघका सचिब सञ्जय गुरुङलगायतले पदक, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १३ बिद्यालयको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP