मंगलबार , अषोज २७, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए ।

समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितसँग छलफल गर्न आग्रह गरे ।

त्यस्तै, माओवादी सांसद सुदन किराँतीले ठूलो लगानी भएका २२ वटा आन्तरिक विमानस्थलमा उडान नहुँदा विमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै जहाज खरिद भएका लागि भएका प्रयासका बारेमा छलफल गर्नुपर्ने बताए ।

वायुसेवा निगमको पुनर्संरचना पनि नहुने र नयाँ विमान पनि खरिद गर्न नसक्दा निगम नै धरासयी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

त्यस्तै, अन्य सांसदले नेपालमा अधिकतम रूपमा पर्यटक भित्र्याउनका लागि सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP