मंगलबार , अषोज २७, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै ठूलो आन्दोलनमा जाने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरूलाई एकै ठाँउमा ल्याएर छिट्टै ठूलो आन्दोलनमा जाने बताएका हुन्। प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरूको समाधान गर्नतर्फ अग्रसर रहेको उल्लेख गरे।

आफूहरूको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए।

सरकारले सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खवरदारी गरिरहेको उनले बताए। प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे। उनले यथास्थीतिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुची माओवादीलाई नरहेको भन्दै आफूहरू जनतासँगै ठिक रहेको स्पष्ट पारे।

प्रचण्डले भ्रष्टाचारका प्रमुख कारक शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्ने बताए।

उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे।
File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP