मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरु भनिएकाहरुको सबै प्रकारको चुनौती स्वीकार्य रहेको बताएका छन् । आज (बिहीबार) १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुको चुनौती स्वीकार गर्दै उचित समयमा जवाफ दिइने बताए । राजावादी भनिएकाहरु कति असहिष्णु छन् भन्ने कुरा गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाले पुष्टि गर्ने उनले बताए ।

‘यिनीहरुमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी, त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुदा त यस्तो छ, कथनकदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त ? सोझैं पेल्ने रैनछन् ? कुराहरुमा हामी सचेत हुनुपर्छ । हाम्रो संस्कृति बिर्गान खोजेका छन्, हाम्रो सामाजिक मूल्य, मान्यतामाथि चुनौती दिएका छन् । यस चुनौती हामीलाई स्वीकार छ । हामी जवाफ दिन्छौं । यसमा मजदुर वर्गीय सजकता रहेको छ र फेरि पनि रहने छ । यसरी हामी सुनौलो भविष्यतर्फ क्रियाशील छौं,’– अध्यक्ष ओलीले भने ।

ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्र कहिल्यै नफर्किने दाबी गरे । जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्ने बताए । उनले उद्देश्यमा केन्द्रीत भएर गतिशील हुनसमेत मजदुरहरुलाई आग्रह गरे । कहिले–कहिले वर्गको नाममा फरक विचारको झण्डा बोक्नका लागि उस्तैउस्तै खालको संगठन बनाउनेहरुबाट सजग रहन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP