सोमबार , बैसाख १५, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय भएको बताएका छन् । आज (आइतबार) बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको बताएका हुन् । माओवादीको पक्षमा आएको उभार जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमात्रै आफूहरुलाई डर रहेको प्रचण्डले बताए ।

‘माओवादी फेरि एकचोटी जनतासँग जोडिइसकेको छ, वर्गसँग जोडिइसकेको छ । करोडौं जनता फेरि माओवादीसँग । जनताको उत्साह, कार्यकर्ताको उत्साह माअ‍ोवादीमय भएको देखेँ मैले । मलाई अलिअलि डर लाग्छ कहिलेकाँही, प्रचण्डमयजस्तो भइरहेको छ अहिले देशैभरी । यसलाई थाम्न सकिन्छ कि सकिँदैन, त्यो जिम्मा पूरा गर्न सकिन्छ कि सकिँदैन ? निकै ठूलो बोझ, जनताले फेरि भारी बोकाएको हामीलाई महशुस भएको छ,’– उनले भने ।

देशका सबै उत्पीडित वर्गको हक अधिकार, उनीहरुको आत्मसम्मान र पहिचानको निम्ति आफूहरुले लडाईँ लडेर आएको पनि प्रचण्डले बताए । उनले माओवादीले सही विचारको आधारमा जनतासँग घनिष्ट सम्बन्ध बनाएर लडाइँ जितेको बताए । सघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको सपना रहेको र त्यो ठाउँमा देश पुगिसकेको उनले बताए । प्रचण्डले संघीयता उल्ट्याउने, गणतन्त्रमाथि धावा बोल्ने, जनताले पाएको अधिकार खोस्ने स्याल हुइँया मच्चाएको बताए । उनीहरुको उक्त दुष्साहस कहिले पनि पूरा नहुने प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP