मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रुपमा भेला भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुबीच भएको झडप दुःखद् र चिन्ताजनक रहेको बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताएका छन् । थापाले शिक्षकहरुको आवाजलाई दमन नभई सम्वादबाट सम्बोधन गर्न राज्यसँग आग्रह गरेका छन् ।

थापाले फेशबुकमा लेखेका छन्-

विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो।

शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

राज्यसँग आग्रह छ ( शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP