मंगलबार , असार १६, २०८३

सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग आज बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् । पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ ।

यसअघि शुक्रबार दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए ।

मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजोको बार्ता भाँडिन पुगेको थियो । तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले बार्ता गर्न तयार भए पछि आज बार्ता हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP