मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले नेपाली कांग्रेसले सरकारबाट बाहिरिन चाहेको हो भने उसले निर्णय गर्न सक्ने बताएका छन् । (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले कांग्रेसले सरकार छाड्न चाहेको हो भने आफूहरुको भन्नु केही पनि नरहेको बताएका हुन् । तर, कांग्रेसले सरकार नछाड्नेमा उनले विश्वास व्यक्त गरे ।

अस्थिरता कारण मुलुक अन्यौलग्रतस्थितिमा पुग्यो भनेर नै वर्तमान सरकार बनाएको स्मरण गराउँदै उनले कांग्रेसको तर्फबाट सरकार ढाल्नेसम्मको गैरजिम्मेवार अभिव्यक्ति नसुनेको बताए । कांग्रेस महामन्त्री गगनकुमार थापाले भने मौसम र बजारअनुसार सरकारको बारेमा बोल्दै हिँडेको उनको टिप्पणी छ । गगनले सुरुवाती दिनदेखि नै गठबन्धन नचाहेको नेता भट्टराईको टिप्पणी छ । गगनले भन्नेबित्तिकै सरकार नढल्ने पनि उनले बताए ।

‘दुई वर्ष नेकपा (एमाले) ले नेतृत्व गर्ने र बाँकी समय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सम्झौता भएको छ । आउने चुनावसम्म यही गठबन्धन लानुपर्छ । सरकार धेरै अस्थिर भयो, अन्यौलग्रस्त स्थिति उत्पन्न भयो । राजनीतिक स्थायित्व दिनका लागि गर्नुपर्छ भन्ने समझदारी भएको हो । हामी समझदारी र त्यो वचनमा पक्का छौं । कांग्रेस त्यसबाट ब्याक हुन चाहन्छ भने त हाम्रो भन्नु केही पनि हुँदैन । कांग्रेस छुट्टै पार्टी हो, उसले आफ्नो निर्णय गर्न सक्छ । तर, त्यस्तो गैरजिम्मेवार चर्चा मैले सुनेको छैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP