शनिबार , बैसाख १३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले राजीनामा दिने बताएका छन् । आफूले १४ महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रधानमन्त्री ओलीको टिप्पणी छ । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकाहरुले प्रश्नहरु तेर्साएपछि र सरकारको औचित्यमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

पत्रकाहरुले लगातार सरकारको आयुबारे प्रश्न गर्दा प्रधानमन्त्री ओली नसुनेझैं हिँडेका थिए । तर, एक शब्द त बोलिदिनुहोस भनेर पत्रकाहरुले भनेपछि गाडी चढ्ने बेलामा प्रधानमन्त्री ओलीको संक्षिप्त प्रतिक्रिया थियो,‘१४ महिनापछि मैले राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

पछिल्लो समय कांग्रेस–एमालेको सरकार ढल्ने चर्चा छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएर सत्ता समिकरण फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । उनले गठबन्धन परिवर्तन हुनेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP