मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपर्ने बताएका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘म सरकार ढाल्ने कोशिस गर्छु ।’

साथै, उनले थाइल्याण्डको बैंककबाट फर्किएका पार्टी सभापति शेरबहादुर देउवासँग आज कुराकानी भएको पनि उनले बताए । सभापति देउवासँग संसद् बैठकमा सहभागी हुन आउने क्रममा १२ः ५६ बजे फोनमा कुराकानी भएको नेता तामाङले बताए । ‘१२ बजेर ५६ मिनेटमा मैले फोन गरेँ । फोन दुई घण्टीमा उठाउनुभयो । यहाँहरुलाई स्वागत छ, धन्यवाद छ । पशुपतिको मन्दिर अगाडि मैले क्रश गरेँ । म संसद् जान्छु है, तपाईँहरु निवास जानुुस् मैले भनेँ,’– उनले भने ।

नेता तामाङले प्रधानमन्त्री ओली जनजातिविरोधी रहेको बताए । गत महिना नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, वैशाखमा आफूलाई बखास्त गरिएको र अब जेठको लागि ओलीले कुनै अर्को जनजातिलाई बर्खास्त गर्न ठीक पारेर राखेको उनले आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP