सोमबार , असार २, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकीक्ष नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ। जम्मु कश्मीरमा भएको आतंकवादी हमलापछि दु:ख व्यक्त गर्दै ओलीले मोदीसँग कुराकानी गरेका हुन्।

‘दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,’ ओलीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौँ। जुनसुकै रुप भए पनि आतंकवाद भनेको साझा सत्रु हो। हामी सँगै छौँ भन्नु भयो।’

ओलीले पनि जघन्य कार्यविरुद्ध भारतसँग नेपाल सँगै रहेको बताए।
टेलिफोनपछि सामाजिक सञ्जालमा ओलीले भनेका छन्, ‘मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ। यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP