शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएको छ । आज (बुधबार) समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले सरकार प्राविधिक रुपमा अस्तित्वमा रहेपनि राजनीतिक वैधानिकता गुमाइसकेको बताएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ । राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरित बनेको र अहिलेसम्म देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको माओवादीको निष्कर्ष छ । माओवादीले काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुको माग तुरुन्त सम्बोधन गर्न सरकारको ध्यानाकर्ष गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP