मंगलबार , अषोज २७, २०८३

पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले आजको दिनमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध शून्यमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध राम्रो पनि नभएको र नराम्रो पनि नभएको भन्दै त्यसलाई शून्यको सम्बन्धको संज्ञा दिए ।

प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । आफ्नो पहलमा एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको स्मरण गर्दै गौतमले पछि नेकपा विभाजन हुँदापनि आफू कतैपनि नलागेको गौतमको भनाई छ । उनले आफू अझैपनि दुई दलबीच एकता गराउने प्रयासमा रहेको सुनाए ।

गौतमले अहिले आफू र ओलीबीच पानी बाराबारको अवस्था भने नरहेको स्पष्ट पारे । उनले ओलीले बोलाउँदा आफू जाने तर पार्टीमा प्रवेश गर्न भने नजाने विश्वास दिलाए । उनले अहिले आफू र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता तथा छलफल भैराखेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP