आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राणालाई स्वाथ्य संवेदनशीलताको कारण हाजिर जमानीमा छाडिएको बताइएको छ ।

क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई उनकी श्रीमतीको जिम्मा लगाएर हाजिर जमानीमा छाडेको हो । उक्त घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् ।

राजावादी समूहले आयोजना गरेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP