आइतबार , बैसाख ७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको नेपालखबरलाई जानकारी दिए।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गर्दै राप्रपाले आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना गरेको थियो।

नेताहरू पक्राउको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका अध्यक्ष लिङ्देनसहितका नेताहरुले सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP