मंगलबार , बैसाख २९, २०८३

भरतपुर महानरपालिका प्रमुख रेनु दाहालले समानुपातिक अथवा मनोनित भएर सांसद नबन्ने उद्घोष गरेकी छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष चुनाव लडेरै सांसद बन्ने बताएकी हुन् । उनले आफू चितवनबाटै चुनाव लड्ने, तर क्षेत्र नं २ र ३ मा कुन रोज्ने भन्ने टुङ्गो लागिनसकेको बताएईन् । मेयर दाहालले आफूले घरमै बसीबसी चुनाव जित्नेगरी जनताको पक्षमा काम गरेको दाबी गरिन् ।

‘क्षेत्र नं. ३ हुन्छ कि २ हुन्छ थाहा छैन । समानुपातिकबाट, मनोनित भएर नजाने, प्रत्यक्ष उठ्ने । हिजोको दिनमा केही नहुँदाखेरी त काठमाडौं जस्तो ठाउँमा चुनाव लडेको हो । यहाँ त काम पनि गरेको छ । जनताले काम गरेको आधारमा मूल्याङ्कन गर्ने हो भने घर बसीबसी चुनाव जित्नुपर्छ होला सायद । सही ढंगले मूल्याङ्कन गर्ने र मलाई न्याय गर्दिने हो भनेदेखि,’– उनले भनिन् ।

साथै, फरक प्रसंगमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीमा आफ्नो दाबी नरहेको बताईन् । पार्टीमा प्रचण्डको उत्तराधिकारी सयौंको रुपमा जन्मिइसकेको र आफू सबैभन्दा कान्छो रहेको पनि उनले बताईन् । ‘सयौं हुनुहुन्छ उत्तराधिकारी । म कान्छो मान्छे, उत्तराधिकारीको रुपमा आफूले आफैंलाई सोचेको पनि छैन । त्यसमा ध्यान पनि छैन । मभन्दा सिनियर लिडर धेरै हुनु्हुन्छ,’– उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP