सोमबार , असार २, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता र कार्यकर्ताद्वारा रूचाइएको कारण नेपाली कम्युनिष्ट आन्दोनलको इतिहासमा आफू ३५/३६ वर्षदेखि नेतृत्वमा रहेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले आफू सधैं नेतृत्वमा बसैं भन्ने सोचका कारणले नभएर जनता र कार्यकर्ताले रूचाएको कारण नेतृत्वमा रहेको बताएका हुन् । आफू सधैं नेतृत्वमा बसिराखौं भन्ने आजको दिनमा नरहेको र थुप्रै उत्तराधिकारीसमेत जन्माइसकेको उनले बताए ।

‘म नेपालको इतिहासमा, कम्युनिष्ट आन्दोलनमा झण्डै ३५/३६ वर्षदेखि नेतृत्वमा छु । म लगातार कार्यकर्ताद्वारा, जनताद्वारा रुचाइएका कारणले छु म । आफ्नो विचारप्रति समर्थनका कारणले छु म नेतृत्वमा । जबसम्म त्यो परिस्थिति रहिराख्छ र मैले देश र जनताको लागि केही योगदान गरिराखेको हुन्छु । मलाई हटाउनुपर्ने आवश्यकता तपाईँहरुलाई किन पर्यो ? म हटाइएपछि गणतन्त्र सुदृढ हुन्छ र ? अर्को आउनेबित्तिकै राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी छ ?’ प्रश्न गर्दै उनले भने ।

पार्टीको नेतृत्व लिन सक्षक एक सय एक नेताहरु तयारी अवस्थामा रहेको पनि उनले बताए । उपयुक्त विधि र प्रक्रियामार्फत आफू अलि भिन्न भूमिकामा जाने सोचिराखेको उनले बताए । अहिले आफू व्यक्तिगत चाहनाभन्दा पनि देश र जनताको आवश्यकतालाई बुझेर नेतृत्वमा बसिरहन परेको प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP