शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता र कार्यकर्ताद्वारा रूचाइएको कारण नेपाली कम्युनिष्ट आन्दोनलको इतिहासमा आफू ३५/३६ वर्षदेखि नेतृत्वमा रहेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले आफू सधैं नेतृत्वमा बसैं भन्ने सोचका कारणले नभएर जनता र कार्यकर्ताले रूचाएको कारण नेतृत्वमा रहेको बताएका हुन् । आफू सधैं नेतृत्वमा बसिराखौं भन्ने आजको दिनमा नरहेको र थुप्रै उत्तराधिकारीसमेत जन्माइसकेको उनले बताए ।

‘म नेपालको इतिहासमा, कम्युनिष्ट आन्दोलनमा झण्डै ३५/३६ वर्षदेखि नेतृत्वमा छु । म लगातार कार्यकर्ताद्वारा, जनताद्वारा रुचाइएका कारणले छु म । आफ्नो विचारप्रति समर्थनका कारणले छु म नेतृत्वमा । जबसम्म त्यो परिस्थिति रहिराख्छ र मैले देश र जनताको लागि केही योगदान गरिराखेको हुन्छु । मलाई हटाउनुपर्ने आवश्यकता तपाईँहरुलाई किन पर्यो ? म हटाइएपछि गणतन्त्र सुदृढ हुन्छ र ? अर्को आउनेबित्तिकै राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी छ ?’ प्रश्न गर्दै उनले भने ।

पार्टीको नेतृत्व लिन सक्षक एक सय एक नेताहरु तयारी अवस्थामा रहेको पनि उनले बताए । उपयुक्त विधि र प्रक्रियामार्फत आफू अलि भिन्न भूमिकामा जाने सोचिराखेको उनले बताए । अहिले आफू व्यक्तिगत चाहनाभन्दा पनि देश र जनताको आवश्यकतालाई बुझेर नेतृत्वमा बसिरहन परेको प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP