
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पार्टीका कतिपय विधि र प्रक्रियासँग असन्तुष्टि राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् । एक व्यक्ति एक पदको अवधारणाअनुसार आफू प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेर काम गर्ने उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । तर पनि उनले राजीनामा पत्रमा पार्टीको विधि, प्रक्रिया र निर्णयमा असन्तुष्टि राखेकी छन् ।
उनले पार्टीमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुनेगरेको, उक्त निर्णय आधिकारिक स्रोतबाट नभएर अरु कसैबाट थाहा पाउनुपरेको उल्लेख गरेकी छन् । पार्टीभित्रको यस प्रकारको गतिविधिले पदको कुनै वजन नै नभएको महशुस गराएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
‘पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ,’– उनले राजीनामा पत्रमा भनेकी छन् ।