मंगलबार , असार १६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पार्टीका कतिपय विधि र प्रक्रियासँग असन्तुष्टि राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् । एक व्यक्ति एक पदको अवधारणाअनुसार आफू प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेर काम गर्ने उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । तर पनि उनले राजीनामा पत्रमा पार्टीको विधि, प्रक्रिया र निर्णयमा असन्तुष्टि राखेकी छन् ।

उनले पार्टीमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुनेगरेको, उक्त निर्णय आधिकारिक स्रोतबाट नभएर अरु कसैबाट थाहा पाउनुपरेको उल्लेख गरेकी छन् । पार्टीभित्रको यस प्रकारको गतिविधिले पदको कुनै वजन नै नभएको महशुस गराएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

‘पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ,’– उनले राजीनामा पत्रमा भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP