शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको बताएका छन् । आज (बुधबार) बारामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार उद्देश्यअनुरुप हिँड्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यसपटकको गठबन्धन सुशासनका लागि बनाइयो । जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन। जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन, नगरे पनि हुने तत्कालै हुन्छ ।’

महामन्त्री थापाले आफूहरु सरकार अदल–बदलको खेलमा नरहेको पनि प्रष्ट पारे । उनले कांग्रेसको कारण अहिले पनि सरकार नबद्लिएको बताए । आफूहरु इमानदार रहेको र सरकारको काम गर्ने शैलीमात्रै परिवर्तन गर्न चाहेको उनले बताए ।

महामन्त्री थापा सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रमा छन् । विगत केही समयदेखि महामन्त्री थापाले सरकारको निरन्तर आलोचना गर्दै आइरहेका छन् । महामन्त्री थापाले सरकारको मति ठीक नभएको र त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । मंगलबार पार्टीको एक कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP