शनिबार , बैसाख ६, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको बताएका छन् । आज (बुधबार) बारामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार उद्देश्यअनुरुप हिँड्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यसपटकको गठबन्धन सुशासनका लागि बनाइयो । जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन। जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन, नगरे पनि हुने तत्कालै हुन्छ ।’

महामन्त्री थापाले आफूहरु सरकार अदल–बदलको खेलमा नरहेको पनि प्रष्ट पारे । उनले कांग्रेसको कारण अहिले पनि सरकार नबद्लिएको बताए । आफूहरु इमानदार रहेको र सरकारको काम गर्ने शैलीमात्रै परिवर्तन गर्न चाहेको उनले बताए ।

महामन्त्री थापा सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रमा छन् । विगत केही समयदेखि महामन्त्री थापाले सरकारको निरन्तर आलोचना गर्दै आइरहेका छन् । महामन्त्री थापाले सरकारको मति ठीक नभएको र त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । मंगलबार पार्टीको एक कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP