मंगलबार , अषोज २७, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नटिक्ने भन्नेबारे आफूले दिएको अभिव्यक्ति सत्तारुढ दलकै नेताहरूको छलफलबाट थाहा पाएको बताएका छन् ।

मंगलबार साँझ नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेका कयौं नेताहरूसँग प्रत्यक्ष र परोक्ष संवाद भइरहेको जिकिर गरे ।

‘एमालेका कयौं नेताहरू र कांग्रेसका कयौं नेताहरूसँग भएका प्रत्यक्ष, परोक्ष कुराकानीहरूबाट पनि त्यो स्मेल (गन्ध) थाहा पाएपछि मैले भनेको हो,’ उनले भने, ‘दिन तोकेर भनेको होइन । सायद नयाँ वर्षमा सरकार पनि नयाँ बन्न सक्छ भन्ने कुरा म अहिले पनि भन्न सक्छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष कुराकानी नभएको भन्दै अन्य नेताहरूसँग आफू अप्रत्यक्ष संवादमा रहेको प्रचण्डको भनाइ थियो ।

‘सभापति शेरबहादुर देउवाजीसँग अहिले प्रत्यक्ष कुरा त भएको छैन, अप्रत्यक्ष कुरा त धेरैसँग भएको छ । मलाई यो भन्दा धेरै बोल्न नलगाउनुस् है, क्रिपया,’ प्रचण्डले भनेका छन् ।

सरकारमै रहेका पार्टीका धेरै नेताहरूले पनि असन्तुष्टि व्यक्त गरेकाले पनि यो सरकार धेरै जान सक्दैन भनेर आफूले भनेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP