मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको हो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’

तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए । ‘राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अर्थोक केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई पनि खण्डन गरेका छौं’, ज्ञवालीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP