मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्ता बोल्न थालेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई दशा लागेको हुनसक्ने बताए । उनले भने,‘राजाले अलि बढ्ता बोल्न थालेका छन् । उनलाई दशा लागेको हो कि, के भएको हो ? त्यो त उनी जान्लान् । अलि बढ्ता बोल्न थालेका छन् ।’

साथै, उनले पूर्वराजालाई डाकाको संज्ञा दिए । नेता बिडारीले डाकाले सानातिना चोरहरुको विरोध गर्नुको अर्थ नहुने बताए । उनले भ्रष्टाचारको बिगबिगी रहेको र यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताए । उनले राजतन्त्रलाई निकृष्ट, निर्दलीय, निरङ्कुश, अपराधीहरुको व्यवस्थाको संज्ञा दिए ।

‘नेताहरु सुध्रिनुबाहेक अरु उपाय छैन । निकृष्ट, निर्दलीय, निरङ्कुश, अपराधीहरुले सरकार व्यवस्था चलाएर बसेकाहरुले लोकतन्त्रमा भएका केही खराबीको विरोध गर्नुको कुनै तुक हुँदैन । अहिले उनी र म बराबर हो । उनलाई पैसा बढ्ता छ । किनभने शोषण, दमन गरेर कमाएको पैसा उनीसँग बढी छ । उद्योग छ, उनी धनाड्य छन् । तर, अधिकार र व्यक्तिगत स्वतन्त्रताको कुरामा अरु जनता सरह नै छन्,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP