आइतबार , भाद्र १४, २०८३

राजावादी आन्दोलनका फरार कमान्डर दुर्गा प्रसाईंले प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख रुपैयाँ राहत दिने आश्वासन दिएका छन्।

बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रसाईंले चैत १५ गते तीनकुनेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सबिन महर्जनका परिवारलाई सो रकम दिने बताएका हुन्।

प्रसाईंले भनेका छन्, ‘उहाँहरुको परिवारलाई पढाउनको लागि, उहाँहरुको बच्चाको भविष्यको लागि दुईवटै परिवारलाई पाँच पाँच लाख, १० लाख रुपैयाँ दिने घोषणा पनि गर्छु।’

फागुन १५ गतेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन्। उनको यो दोस्रो भिडिओ सन्देश हो।

भिडिओमा उनले आफू भागेको नभई जोगिएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP