शनिबार , बैसाख ६, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु काम गर्न छाडेर घुमफिरमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) रूपन्देहीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न छाडेर प्रधानमन्त्री र मन्त्रीहरु उद्घाटन र घुमफिर गरेर बसिरहेको बताएका हुन् । अहिले युद्धको मनोविज्ञानबाट काम गर्नुपर्ने परिस्थितिमा पनि प्रधानमन्त्री र मन्त्रीहरुले संवेदनशील भएर काम नगरेको गगनको धारणा थियो । उनले अहिले सरकारले सबै कुरा छाडेर दैनिक १८/२० घण्टा काम गर्नुपर्ने अवस्था रहेको बताए ।

‘गति पुगेन । हामी भन्छौं सरकारलाई– तिमी युद्धको मनोविज्ञानबाट काम गर । १८ घण्टा, २० घण्टा काम गर । उद्घाटन गर्न नजाउ, कहीँ भाषण गर्न नजाउ । प्रधानमन्त्री अहिले डुलेको देख्छु । मन्त्रीहरु घुमेको देख्छु । सम्मानपूर्वक मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु– तपाईँहरु डुल्ने, घुम्ने काम छोड्दिनुस् । काम गर्नुस्, त्यो कामको प्रचार गर्ने काम त हामी गरिहाल्छौं नि । हामी डुल्छौं, हामी घुम्छौं,’– उनले भने ।

महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई ताप्के र आफूहरुलाई बिँडको संज्ञा दिँदै बिँडमात्रै तातेर केही नभएको बताए । सरकारले ठीक समयमा ठीक ढंगले काम नगरेकै कारण अहिले शिक्षकहरु सडकमा आउनुपर्ने परिस्थिति बनेकोसमेत बताए । महामन्त्री थापाले शिक्षकहरुको जायज माग चाँडोभन्दा चाँडो सम्बोधन गरेर उनीहरुलाई कक्षाकोठामा पठाउनुपर्ने बताए ।

‘सरकारलाई हामीले सहयोग गरिरहेका छौं । तर, हामीले किन असन्तुष्टि व्यक्त गरिरहेका छौं भने– यो बिँड तातेरमात्रै हुँदोरहेन छ, ताप्के तात्नु पर्दोरहेछ । ताप्के भनेको सरकारको नेतृत्व प्रदान गरिरहेको प्रधानमन्त्री हो । म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु् । म उहाँलाई सु्झाव पनि दिइरहेको छु, झक्झक्याइ पनि रहेको छु । म भनेको कांग्रेस । तर, परिणाम दिने बेलामा त्यो जिम्मेवारी बोध सरकारको प्रमुखसँग हुनुपर्छ । हाम्रो शिक्षक साथीहरु सडकमा हुनुहुन्छ । सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए शिक्षक साथीहरु अहिले सडकमा आउने अवस्था नै बन्दैन थियो । अहिले पनि केही बिग्रेको छैन, शिक्षक साथीहरुको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फिर्ता पठाउनुपर्ने छ,’– उनले भने ।

साथै, सहकारी ठगहरुलाई ठेगान लगाउनुपर्छ र सहकारीबाट ठगिएका पीडितहरुले बचत फिर्ता पाउनुपर्छ भन्ने मुभमेन्टको नेतृत्व कांग्रेसले गरेको महामन्त्री थापाको दाबी छ । तर, सरकारले सहकारी पीडितको पक्षमा भनेजस्तो काम गर्न असफल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP