शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु काम गर्न छाडेर घुमफिरमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) रूपन्देहीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न छाडेर प्रधानमन्त्री र मन्त्रीहरु उद्घाटन र घुमफिर गरेर बसिरहेको बताएका हुन् । अहिले युद्धको मनोविज्ञानबाट काम गर्नुपर्ने परिस्थितिमा पनि प्रधानमन्त्री र मन्त्रीहरुले संवेदनशील भएर काम नगरेको गगनको धारणा थियो । उनले अहिले सरकारले सबै कुरा छाडेर दैनिक १८/२० घण्टा काम गर्नुपर्ने अवस्था रहेको बताए ।

‘गति पुगेन । हामी भन्छौं सरकारलाई– तिमी युद्धको मनोविज्ञानबाट काम गर । १८ घण्टा, २० घण्टा काम गर । उद्घाटन गर्न नजाउ, कहीँ भाषण गर्न नजाउ । प्रधानमन्त्री अहिले डुलेको देख्छु । मन्त्रीहरु घुमेको देख्छु । सम्मानपूर्वक मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु– तपाईँहरु डुल्ने, घुम्ने काम छोड्दिनुस् । काम गर्नुस्, त्यो कामको प्रचार गर्ने काम त हामी गरिहाल्छौं नि । हामी डुल्छौं, हामी घुम्छौं,’– उनले भने ।

महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई ताप्के र आफूहरुलाई बिँडको संज्ञा दिँदै बिँडमात्रै तातेर केही नभएको बताए । सरकारले ठीक समयमा ठीक ढंगले काम नगरेकै कारण अहिले शिक्षकहरु सडकमा आउनुपर्ने परिस्थिति बनेकोसमेत बताए । महामन्त्री थापाले शिक्षकहरुको जायज माग चाँडोभन्दा चाँडो सम्बोधन गरेर उनीहरुलाई कक्षाकोठामा पठाउनुपर्ने बताए ।

‘सरकारलाई हामीले सहयोग गरिरहेका छौं । तर, हामीले किन असन्तुष्टि व्यक्त गरिरहेका छौं भने– यो बिँड तातेरमात्रै हुँदोरहेन छ, ताप्के तात्नु पर्दोरहेछ । ताप्के भनेको सरकारको नेतृत्व प्रदान गरिरहेको प्रधानमन्त्री हो । म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु् । म उहाँलाई सु्झाव पनि दिइरहेको छु, झक्झक्याइ पनि रहेको छु । म भनेको कांग्रेस । तर, परिणाम दिने बेलामा त्यो जिम्मेवारी बोध सरकारको प्रमुखसँग हुनुपर्छ । हाम्रो शिक्षक साथीहरु सडकमा हुनुहुन्छ । सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए शिक्षक साथीहरु अहिले सडकमा आउने अवस्था नै बन्दैन थियो । अहिले पनि केही बिग्रेको छैन, शिक्षक साथीहरुको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फिर्ता पठाउनुपर्ने छ,’– उनले भने ।

साथै, सहकारी ठगहरुलाई ठेगान लगाउनुपर्छ र सहकारीबाट ठगिएका पीडितहरुले बचत फिर्ता पाउनुपर्छ भन्ने मुभमेन्टको नेतृत्व कांग्रेसले गरेको महामन्त्री थापाको दाबी छ । तर, सरकारले सहकारी पीडितको पक्षमा भनेजस्तो काम गर्न असफल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP