मंगलबार , असार १६, २०८३

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज (बुधबार) सिभिल अस्पताल पुगेका मन्त्री लेखकले घाइतेहरुको निःशुल्क उपचार गरिने बताएका हुन् ।

मन्त्री लेखकले घाइतेहरुले निःशुल्क उपचार पाएका छ वा छैनन् भनेर अनुगमनका लागि पनि आफू अस्पताल आएको बताए । उपचार गर्दा लागेको खर्चको विल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानेर उतैबाट भुक्तानी हुने मन्त्री लेखकले बताए ।

साथै, गृहमन्त्री लेखकले घाइतेका परिवारले उपचारमा खर्च गरेको भएपनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा उनीहरुले भुक्तानी पाउने बताए । तीनकुनेमा राजावादी समूहले आह्वान गरेको आमसभा तथा प्रदर्शन कार्यक्रम मुडभेडमा पुग्दा २ जनाको मृत्यु भएको थियो । सो घटनामा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । घाइते रेविका प्रदर्शनमा सहभागी नभएको सर्वसाधारण हुन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । आफ्नो घर फर्किँदै गरेको अवस्थामा प्रहरीले गोली प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP