शनिबार , जेठ २५, २०८२

गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलन नै समाप्त पारिएको स्मरण गराउँदै उनले त्यसकारण आफू जोगिएर बसिरहेको बताएका छन् ।

‘मेरा वकिलहरु ध्रुबलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशिल पन्त, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, डा.भीमार्जुन आचार्य र मानवअधिकारवादीको रोहबरमा हो भने म २४ घण्टाभित्र उपस्थित हुन तयार छु,’– उनले भनेका छन् ।

साथै, तीनकुनेको हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु भएको दुई जनाको परिवारलाई पाँच/पाँच लाख आर्थिक सहयोग गर्ने पनि उनले बताएका छन् ।

आफ्नो जीवनको ग्यारेन्टी गर्ने हो भने आफू उपस्थित हुन तयार रहेको उनले बताएका छन् । सो दिन आमसभामा आफू स्टेजमा पुग्न नपाउँदै प्रहरी प्रशासनले आन्दोलन भड्काएर उग्र बनाएको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP