शनिबार , बैसाख ६, २०८२

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगमी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आगामी वैशाख २१ गतेसम्म आन्दोलनमा संलग्नहरुको पक्राउ पुर्जी खारेज नगरे, नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त नगरे र पक्राउ परेका बन्दीहरुलाई रिहा नगरेको खण्डमा सामूहिक गिरफ्तारी दिने बताउका हुन् ।

‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको माटोको टीका लगाएर सामूहिक गरिफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिँड्छ् । म ७८ वर्षको बुढो, सुगरको रोगी, त्यो माटोको टीका लगाएर सबैभन्दा पहिला मै हिँड्छु,’– उनले भने ।

उनले आफूहरु आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने पनि बताए । डा.गुरुङले अबको आन्दोलन आफूहरुको तर्फबाट (भद्र अवज्ञा) शान्तिपूर्ण हुने बताए । ‘भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ । तिनीहरु भन्दा हामी विशिष्ट हुनुपर्छ । २१ गते हाम्रो घोषणा हुन्छ । २२ गते हामी सामूहिक गिरफ्तारी दिने हो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP