शनिबार , बैसाख ६, २०८२

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले बल्खुमा आमसभापश्चात आफैंले सरसफाइ गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन् । बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले कार्यक्रमको नाममा फोहोर नगरोस् भन्ने महानगरले चाहना रहेको समेत बताएका छन् । उनले ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने’ भनेर महानगर नबसेको पनि बताएका छन् ।

राप्रपाले यसअघि काठमाडौंमा गरेको प्रदर्शनमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यस्तै, गत चैत १५ गते राजावादी समूहरुले तीनकुनेमा गरेको प्रदर्शनमा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नामा विभिन्न ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना गरेको थियो । एमालेले काठमाडौंमा गरेको प्रदर्शनमा समेत महानगरले एक लाख जरिवाना तोकेको थियो । राप्रपाले यसअघि महानगरले तोकेको जरिवाना तिरे पनि पूर्वराजा ज्ञानेनद्र र एमालेलाई काटिएको जरिवाना अलपत्र अवस्थामा छ ।

‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’– राप्रपालाई धन्यवाद दिँदै बालेनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP