आइतबार , भाद्र १४, २०८३

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले बल्खुमा आमसभापश्चात आफैंले सरसफाइ गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन् । बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले कार्यक्रमको नाममा फोहोर नगरोस् भन्ने महानगरले चाहना रहेको समेत बताएका छन् । उनले ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने’ भनेर महानगर नबसेको पनि बताएका छन् ।

राप्रपाले यसअघि काठमाडौंमा गरेको प्रदर्शनमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यस्तै, गत चैत १५ गते राजावादी समूहरुले तीनकुनेमा गरेको प्रदर्शनमा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नामा विभिन्न ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना गरेको थियो । एमालेले काठमाडौंमा गरेको प्रदर्शनमा समेत महानगरले एक लाख जरिवाना तोकेको थियो । राप्रपाले यसअघि महानगरले तोकेको जरिवाना तिरे पनि पूर्वराजा ज्ञानेनद्र र एमालेलाई काटिएको जरिवाना अलपत्र अवस्थामा छ ।

‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’– राप्रपालाई धन्यवाद दिँदै बालेनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP