मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भनेको नमानेको बताएका छन् । आज तनहुँमा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुले जे काममा हात हाल्न हुँदैन भन्यो, प्रधानमन्त्रीले त्यही काम गरिरहेको बताएका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हामीले कोठामा भन्यो, बाहिर भन्यौं, भित्र भन्यौं, सम्झाएर भन्यौं– नचाहिने ठाउँमा हात नहाल्नुस् है भनेर । कतिपय ठाउँमा कर्मचारी ल्याउने, बदल्ने सरकारको अधिकार छ । तर, नचाहिने ठाउँमा हात नहालनुस् । बेकारमा आगोमा हात हालेपछि पोल्छ । नचाहिने ठाउँमा हात हालेर सडकमा मान्छे निस्किएका छन् ।’

साथै, शिक्षकहरुको माग सम्बोधन गर्न आफूहरुले सरकारलाई चार÷पाँच महिनादेखि उपसमिति बनाएर काम गरौं भन्दा नटेरेको पनि उनले सुनाए । अहिले शिक्षकहरुको सरकारसँग विश्वासको सङ्कट सिर्जना भइरहेको उनले बताए । अब दल र सरकारले शिक्षकहरुको मागप्रति समर्थन छ भनेर विज्ञप्ति जारी गरेर मात्रै नहुने उनले बताए । सबैलाई एक ठाउँमा ल्याएर चाँडोभन्दा चाँडो कानुन निर्माण गरिनुपर्ने उनले बताए ।

सरकारले ठीक ढंगले काम गर्न नसकेको उनले बताए । सरकारले ठीक ढंगले काम गर्न नसकेकै कारण अहिले काठमाडौंमा दैनिक तीन÷चार वटा आन्दोलन भइरहेको महामन्त्री थापाको आरोप छ । ‘अहिले काठमाडौंको सडकमा दुईटा÷तीनवटा आन्दोलन चलिरहेको छ । सरकारले ठीक ढंगले काम गरेको भए एउटा पनि आन्दोलन हुँदैन थियो,’– महामन्त्री थापाले भने ।

उनले सरकारको बारेमा खुलेर नै छलफल गर्नुपर्ने बेला भएको पनि बताए । ‘हामी सरकारमा छौं । हाम्रो जिम्मेवारी पनि छ । सरकारको बारेमा पनि हामीले अब अलिकति खुलेर छलफल गर्नुपर्ने बेला आएको छ । सरकारको गति ठीक छैन । जुन तरिकाले कामहरु गर्नुपर्ने हो, जसरी सरकारका कामहरुबाट नागरिकलाई भरोसा सिजर्ना गर्नुपर्ने हो, हुन सकिरहेको छैन,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले लघुवित्त, सहकारीबाट पीडित भएका मानिसहरु अहिले काठमाडौंको सडकमा ‘मेरो बचत चाहियो’ भनेर आन्दोलन गरिरहेको बताए । उनीहरुको बचत कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा संसद्बाट कानुन बनाएर धेरै उपायहरु सुझाइसक्दा पनि सरकारले समाधान नगरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP