मंगलबार , अषोज २७, २०८३

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालको संघीयता उल्टो बाटोमा हिडिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) दाङको तुलसीपुरमा नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उल्टो बाटोमा हिडिरहेको संघीयतालाई फर्काएर सुल्टो बाटोमा हिडाउनु पर्ने बेला भएको बताएका हुन् ।

महामन्त्री गगन थापाले २०८४ सालको निर्वाचनभन्दा पहिले नै पार्टीको अधिवेशन हुने बताए । कहीँ कसैको दिमागमा २०८४ को निर्वाचन अघि पार्टीको अधिवेशन हुँदैन भन्ने लागेको भए निकालेर तत्काल फाल्नसमेत उनले आग्रह गरे । क्रियाशील सदस्यताको विषय टुँङग्याएपछि २०८२ सालमै अधिवेशनको प्रक्रिया प्रारम्भ गर्न सकिने उनले बताए ।

महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो देशमा सबै ठिकठाक नभएको बताए । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनताले चाहे जसरी सेवा प्रवाह गर्न नसकेको बताए । सेवा प्रवाह गर्न नसकेकै कारण नागरिकमा आक्रोश बढिरहेको उनको भनाइ छ । नागरिकहरु रिसाएको बेलामा खुरुखुरु काम गर्नु बुद्धिमानी हुने उनले बताए ।

कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, दीपक गिरी, योगेन्द्र चौधरी, गहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP