बुधबार , बैसाख ३, २०८२

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने निर्णय आफू र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेको बताएका छन् । आज (आइतबार) नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र ल्याउनमा सबैभन्दा ठूलो योगदान आफ्नो र स्वर्गीय गिरिजाको रहेको बताएका हुन् । गणतन्त्रको बाटोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिमात्रै आएको उनले बताए ।

उनले मंसिमा आफू र गिरिजाले बसेर देशमा गणतन्त्र ल्याउने सहमति गरेको बताए । ‘२०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो,’– उनले भने ।

साथै, आफूले पूर्वराजाका सचिवले राजतन्त्र फर्काउने ज्ञानेन्द्रको इच्छा छैन भन्ने अभिव्यक्ति आएको बताए । पूर्वराजा ज्ञानेन्द्रको नाम लिएर अरुले फाइदा उठाउन खोजेको प्रष्ट भएको अध्यक्ष नेपालले बताए । उनले राजनीति गर्न मन भए पूर्वराजालाई ज्ञानेन्द्रलाई दल खोलेर प्रतिस्पर्धामा आउने सुझाव दिए । चुनावमा जितेर बहुमत ल्याउएर देश र जनताको कल्याण गरेदेखि त्यसलाई खुसीकै कुरा मान्नुपर्ने अध्यक्षले नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु