मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने निर्णय आफू र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेको बताएका छन् । आज (आइतबार) नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र ल्याउनमा सबैभन्दा ठूलो योगदान आफ्नो र स्वर्गीय गिरिजाको रहेको बताएका हुन् । गणतन्त्रको बाटोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिमात्रै आएको उनले बताए ।

उनले मंसिमा आफू र गिरिजाले बसेर देशमा गणतन्त्र ल्याउने सहमति गरेको बताए । ‘२०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो,’– उनले भने ।

साथै, आफूले पूर्वराजाका सचिवले राजतन्त्र फर्काउने ज्ञानेन्द्रको इच्छा छैन भन्ने अभिव्यक्ति आएको बताए । पूर्वराजा ज्ञानेन्द्रको नाम लिएर अरुले फाइदा उठाउन खोजेको प्रष्ट भएको अध्यक्ष नेपालले बताए । उनले राजनीति गर्न मन भए पूर्वराजालाई ज्ञानेन्द्रलाई दल खोलेर प्रतिस्पर्धामा आउने सुझाव दिए । चुनावमा जितेर बहुमत ल्याउएर देश र जनताको कल्याण गरेदेखि त्यसलाई खुसीकै कुरा मान्नुपर्ने अध्यक्षले नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP