सोमबार , असार १५, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने संकेत गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् । सञ्चारकर्मीले सोधेको ‘भारत भ्रमण अब सम्भव होला ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले कतिपय कारणले नभ्याएर भ्रमण नभएको भन्दै असम्भव नभएको जवाफ फर्काए । उनले भने,‘सम्भव असम्भव पनि होला र ? भारत भ्रमण असम्भव कुरा थियो र ? कतिपय कारणले नभ्याएको स्थिति थियो ।ड

प्रधानमन्त्री ओलीले अहिले सगरमाथा सम्वादको तयारीको लागि व्यस्त भएको सुनाए । तर, भ्याउने अवस्था मिल्यो भने सगरमाथा सम्वादअघि पनि भारत भ्रमण हुनसक्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने,‘कहिले के काम परेको हुन्छ, कहिले के त्यही भएर मात्रै हो । बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ। हामी अलिकति व्यस्तै छौं, सगरमाथा संवाद लगायतका विषयले । हामीले भ्याउँछौं भनेदेखि भने सगरमाथा सम्वाद अगाडि हुन पनि सक्छ ।’

आगामी जेठ २–४ सम्म सगरमाथा सम्वाद हुने तय छ । भारतीय प्रधानमन्त्री मोदीसँगको आफ्नो भेट फलदायी भएको पनि उनले सुनाए । उनले भने,‘यो भेटघाटबाट म फलदायी भेटघाट भयो र खुसी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP