आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले काठमाडौंमा अहिले दुई ठूला राजनीतिक नेपाली कांग्रेस र नेकपा (एमाले) ले कब्जाको खेती चलाइरहेको बताएका छन् । आज (शनिबार) चितवनमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले पूराना राजनीतिक दलहरुले पदलाई औजार बनाएर अकुत सम्पत्ति कमाइरहेको बताएका हुन् । ती राजनीतिक दलका नेताहरुले कमाएको अकुत सम्पत्ति व्यवस्थापनका लागि अख्तियार, प्रहरी प्रशासनलागयतका संयन्त्र कब्जा गरेको बताएका हुन् ।

‘काठमाडौंमा कब्जाको खेती चलिरहेको छ । यी पुराना पार्टीहरुको भ्रष्टाचारको कहानी तपाईँहरुले सुनिसक्नुभयो । यिनीहरुले के गरे भने पदमा गएर देश बनाउने होइन कि अकुत सम्पत्ति कमाउने औजारको रुपमा दुरुपयोग गरे । त्यसपछि एकदम अगाडि बढे । कमाएको स्रोत खुलाउन नसकेपछि जेल गइन्छ कि भनेर त्यो जेल हाल्ने निकायलाई कब्जा गर्नेनिर यिनीहरु लागे । आज अख्तियार आदि हेर्नुभयो भने कोटाबाट आफन मान्छे राखेका छन् । प्रहरीमा चमर राजनीतिकरण गरेका छन्,’– उनले भने ।

साथै, सशस्त्र प्रहरी बलमा पनि त्यस्तै खालको कब्जा भएको उनले बताए । आफ्नो नातेदार भएकै कारण ७२ नक्बरमा रहेका एक जनालाई सकरारमा रहेकाहरुले उकासेको उनले आरोप छ । तिनै मान्छेलाई भविष्यमा सशस्त्रको आईजीपी बनाउने तयारी रहेको पनि उनले बताए । ‘सशस्त्रमा ७४ जनामा ७२ नम्बर आएको अन्तिमतिरको एउटा लट्ठुलाई आफ्नो नातेदार भएको कारणले नै उकास्दै, उकास्दै अबको केही वर्षमा उसलाई आईजीपी बनाउने यहाँ खेल भइरहेको छ,’– उनले भने ।

साथै, कांग्रेस–एमालेहरु रास्वपाले २०७९ को निर्वाचनमा ल्याएको मतबाट त्रसित रहेको उनले बताए । आगमी ०८४ को निर्वाचनसँग डराएर उनीहरुले पार्टी सभापति रवि लामिछानेमाथि निरन्तर प्रहार गरिरहेको उनको दाबी छ । ‘अहिलेको कांग्रेस–एमाले गठबन्धनको कायरता, किन तर्सिरहेका छन् यिनीहरु ? किन कामिरहेका छन् यिनीहरु यसरी भन्दाखेरी त्यो कायरताको पछाडि अंकगणित छ । ७० वर्षसम्म राजनीति गरेका कांग्रेस–एमालेले ०७९ को चुनावमा पाएकको मत जम्मा २७÷२८ लाख हो । पाँच महिना मैदानमा उत्रिएर रास्वपाको घण्टी चुनाव चिन्हमा झण्डै १२ लाख । आज कोही पनि यी पुराना पार्टीमा जान इच्छुक छैनन् । यिनीहरुले भविष्यका आँकलन गरिसके,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP