मंगलबार , चैत्र २५, २०८१

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालत जाने तयारी थालेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई हिजो उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा पठाएको हो । अदालतको आदेशसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी बुटवल पठाइएको छ ।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताए । लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको पनि उनको दाबी छ । चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘रविजीकै सल्लाहबमोजिम अघि बढ्छौँ। पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP