शनिबार , भाद्र १३, २०८३

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालत जाने तयारी थालेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई हिजो उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा पठाएको हो । अदालतको आदेशसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी बुटवल पठाइएको छ ।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताए । लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको पनि उनको दाबी छ । चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘रविजीकै सल्लाहबमोजिम अघि बढ्छौँ। पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP