आइतबार , भाद्र १४, २०८३

गैरकानुनी रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको सो रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको अवस्थामा सरकारले पदमुक्त गरेपछि उनी सर्वोच्चमा गएका हुन् ।

त्यस्तै, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो मुद्दाको टुङ्ग्याइदिन भन्दै दिएको निवेदनमाथिको सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दा लगाउमा राखेर हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP