शनिबार , जेठ २५, २०८२

गैरकानुनी रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको सो रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको अवस्थामा सरकारले पदमुक्त गरेपछि उनी सर्वोच्चमा गएका हुन् ।

त्यस्तै, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो मुद्दाको टुङ्ग्याइदिन भन्दै दिएको निवेदनमाथिको सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दा लगाउमा राखेर हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP