मंगलबार , अषोज २७, २०८३

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प पुरातनवादी सोच भएको राजतन्त्र हुन नसक्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु भनेको आफैंलाई छेड्नु सरह हुने भएका हुन् । उनले यही व्यवस्थालाई थप फराकिलो बनाउन आवश्यक रहेको बताए ।

‘लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्रमात्रै हुन्छ । त्यसको विकल्प कुनै पुरातनवादी सोचमा आधारित व्यक्तिको नायकत्व स्थापित गर्ने कुरा हुनै सक्दैन । कसैसँग चित्त बुझेको छैन होला, धेरै असन्तुष्टिहरु छन् होला । आम नागरिकले प्राप्त गरेको यो व्यवस्थालाई नै कमजोर गराउनेगरी अगाडि बढ्नु भनेको आफूले प्राप्त गरेको स्वतन्त्रता आफैंले छेड्नु हो जस्तो मलाई लाग्छ । लोकतान्त्रिक व्यवस्थालाई सुधार गर्ने, यहाँका कमिकमजोरीलाई हटाउने, यसलाई अझ बढी फराकिलो बनाउने आजको हाम्रो दायित्व हो,’– उनले भने ।

जुनसुकै विचार पनि हिंसाको माध्यमबाट आउन नहुने उनको भनाइ छ । उनले हिंसाको माध्यमबाट कसैले वैचारिक कुरा गर्यो भने त्यो देखावटीमात्रै हुने र हिंसा कुनै पनि पक्षबाट स्वीकार्य नहुने बताए ।

कसैलाई राजा नै ल्याउन मन छ भने त्यो विचारलाई निषेध गरिनुपर्छ भन्ने नरहेको उनले बताए । तर, उक्त विचार हिंसाको माध्यमबाट ल्याउन खोजियो भने त्यो सबैभन्दा बढी घातक हुने उनले बताए । हिंसा साधक र साध्य नभएर मानवताविरोधी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP