मंगलबार , अषोज २७, २०८३

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा जोडिएका व्यक्तिहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न ११ जनालाई पाँच दिनको म्याद थप गरेको हो ।

अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अन्य ३० जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राजवादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । उक्त आन्दोलनमा प्रदर्शनकारीहरुले व्यक्तिका घर, व्यवसायिक भवन, सरकारी भवनलगायतमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP