मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । हिजो (शुक्रबार) काठमाडौंको. तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरुलाई प्रहरीले हिजो बेलुका नै नियन्त्रणमा लिएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ । उक्त घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, सार्वजनिक सम्पत्ति र व्यवसायिक स्थलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP