शनिबार , जेठ २५, २०८२

ऊर्जामन्त्री दिपक खड्काले आफूहरुले नेपाल विद्युत प्राधिकरणमा सबैभन्दा योग्य व्यक्ति नेतृत्वमा ल्याएको दाबी गरेका छन् । उनले अहिले कार्यकारी निर्देशक बनाईएका हितेन्द्र देव शाक्य कुलमान घिसिङभन्दा योग्य व्यक्ति रहेको दाबी गरे । संसद् भवन परिसरमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

विपक्षीहरुको अवरोधको कारण हिजोदेखि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । विपक्षी दलहरुले कुलमान हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सदनमा जवाफ मागेका छन् । तर, सरकार प्रधानमन्त्री ओलीभन्दापनि उर्जामन्त्री दीपक खड्कामार्फत सदनमा जानकारी गराउने तयारीमा छ । आजपनि मन्त्री खड्का जवाफ दिने तयारीका साथ संसद् भवन पुगेका थिए । तर, आजको बैठक पनि बस्दै नबसी स्थगन् भएको छ ।

उनले कुलमान हटाएर हितेन्द्रदेवलाई जिम्मेवारी दिने सरकारको निर्णयमा जनआक्रोश नमिसिएको पनि दाबी गरे । उनले भने,‘असन्तुष्टि चुलिएको जस्तो त मलाई लाग्दैन। उहाँभन्दा योग्य मान्छे राखेका छौं। जे भएपनि न्याय भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP