शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताएका हुन् । प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उनको आशंका छ ।

‘उहाँ (ओली) हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिराख्नु भएको छ । उहाँले गणतन्त्रको लागि नेपालमा आन्दोलन चलिरहँदा नेपालमा सम्भव छैन भनेको र पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपीवद्ध गर्दा पनि हावाहुरीको कारणले गरेको हो । यो हुनेवाला थिएन भनेर उहाँले भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधिलाई जोड्दाखेरी त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौं भनिराखेका छन् । नेपाली कांग्रेसको तर्फबाट संविधानको संशोधनको नाममा गरिएको नौटंकी अर्थात् प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ,’– नेता किरातीले भने ।

साथै, समाजवादी मोर्चाको भोलिको खबरदारी सभा प्रतिगमन, भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको उनले बताए । उक्त आन्दोलन शान्तिपूर्ण हुने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP