सोमबार , असार १५, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले चिहानबाट नलिखुट्टाको हड्डी निकालेर फेरी लगाउँदै हिँडिरहेको टिप्पणी गरेको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा गरिरहेको गतिविधितर्फ कटाक्ष गर्दैै प्रधानमन्त्री अ‍ोलीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘कोही चिहानबाट नलिखुट्टाको हाड निकालेर फेरी लगाउँदै हिड्नुभएको छ,’– प्रधानमन्त्री ओलीले भने ।

साथै, पार्टीले केही गरेनन् भन्ने भाष्य सिर्जना गर्ने, ७० वर्षको नेतालाई उमेरकै कारण असक्षम भएको दाबी गर्ने पार्टीहरुले गरेनन् भन्ने लगायतका गतिविधिहरु गरिरहेका राजावादीहरुले ८८ वर्षको नवराज सुवेदीलाई खोजेको टिप्पणी गरे । ‘७० वर्षको बुढो भयो रे नेता । ८८ वर्षको खोज्न जान्छन् । सबैभन्दा थोत्रो प्रणाली, सामान्तवादी प्रणाली पुनर्स्थापित गर्छौं भन्छन् । यो विश्वमा राजतन्त्र नयाँ हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

कोही मानिसहरुले आफ्ना अनेक असफलताका पीडा र कुण्ठाहरु बोकेर ती कुण्ठाहरुलाई फ्याँक्ने, छर्ने थलोको रुपमा संसद्लाई प्रयोग गरिरहेको पनि उनले बताए । तयस्ता प्रकारका क्रियाकलाप नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP