शनिबार , जेठ २५, २०८२

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी सरकार ढाल्ने खेलमा नभएपनि सत्तारूढ दलकै कारण यो सरकार ढल्ने बताए । ‘हामीले त यो सरकार ढाल्ने खेलमा छैनौं भनिसकेका छौं त । सरकार ढल्छ त आफ्नै कारणले ढल्छ । यस्ता–यस्ता उपद्रो गर्न थालेपछि त सरकार आफैं ढल्छ नि,’– उनले भने ।

साथै, उनले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्था थप सुदृढ बन्दै गएको पनि उनले बताए । प्रचण्डप्रति समाजमा पनि विश्वास र भरोसा बढ्दै गएको नेता बस्नेतको दाबी छ । माओवादीमा पार्टी हाँक्न सक्ने एक सय एक नेताहरु रहेको दाबी गर्दै नेता बस्नेतले अहिलेको अवस्थामा भने सबै नेताहरुको पनि नेता भने प्रचण्ड नै रहेको बताए ।

‘हिजोभन्दा प्रचण्डको अवस्था पार्टीभित्र थप सुदृढ भएको छ । बाहिर समाजमा पनि प्रचण्डप्रतिको विश्वास र भरोसा बढेको छ । त्यो भनेको माओवादीको पनि विश्वास र भरोसा बढेको छ । नेतृत्व गर्न सक्ने धेरै छन्, त्यो भन्दा सबैभन्दा राम्रो नेतृत्व गर्न सक्ने नेतालाई नै नेतृत्व दिने हो । माओवादीभित्र एक सय एक नेताहरु हुनुहुन्छ । त्यो मध्ये जनार्दनजी पनि एक हो । त्योमध्ये नेताहरुको पनि नेता प्रचण्ड नै हो । पार्टी चलाउन सक्ने त धेरै नेताको टिम छ । तर, अहिले पनि पार्टीले प्रचण्डको नेतृत्वको खोजिरहेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP