शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी सरकार ढाल्ने खेलमा नभएपनि सत्तारूढ दलकै कारण यो सरकार ढल्ने बताए । ‘हामीले त यो सरकार ढाल्ने खेलमा छैनौं भनिसकेका छौं त । सरकार ढल्छ त आफ्नै कारणले ढल्छ । यस्ता–यस्ता उपद्रो गर्न थालेपछि त सरकार आफैं ढल्छ नि,’– उनले भने ।

साथै, उनले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्था थप सुदृढ बन्दै गएको पनि उनले बताए । प्रचण्डप्रति समाजमा पनि विश्वास र भरोसा बढ्दै गएको नेता बस्नेतको दाबी छ । माओवादीमा पार्टी हाँक्न सक्ने एक सय एक नेताहरु रहेको दाबी गर्दै नेता बस्नेतले अहिलेको अवस्थामा भने सबै नेताहरुको पनि नेता भने प्रचण्ड नै रहेको बताए ।

‘हिजोभन्दा प्रचण्डको अवस्था पार्टीभित्र थप सुदृढ भएको छ । बाहिर समाजमा पनि प्रचण्डप्रतिको विश्वास र भरोसा बढेको छ । त्यो भनेको माओवादीको पनि विश्वास र भरोसा बढेको छ । नेतृत्व गर्न सक्ने धेरै छन्, त्यो भन्दा सबैभन्दा राम्रो नेतृत्व गर्न सक्ने नेतालाई नै नेतृत्व दिने हो । माओवादीभित्र एक सय एक नेताहरु हुनुहुन्छ । त्यो मध्ये जनार्दनजी पनि एक हो । त्योमध्ये नेताहरुको पनि नेता प्रचण्ड नै हो । पार्टी चलाउन सक्ने त धेरै नेताको टिम छ । तर, अहिले पनि पार्टीले प्रचण्डको नेतृत्वको खोजिरहेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP