शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आज (मंगलबार) बसेको राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले आगामी चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र त्यसपछि २०८२ वैशाख ७ गतेदेखि निरन्तर आन्दोलनमा होमिने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफूहरु निरन्तर आन्दोलनमा होमिएको उद्घोष गरे । ‘आजको मूल निष्कर्ष के हो भने आजबाट राप्रपा पूर्ण रुपले आन्दोलनमा होमियो,’– उनले भने ।

साथै, राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा हुने हुने सबै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । ‘बैठकले मुख्यतः तीनवटा कुराहरु गरेको छ । राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खारेजीको लागि ज–जसले आन्दोलन गरेपनि राप्रपाले, त्यो शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्यो, त्यसमा समर्थन गर्ने । अरुसँग सहकार्य गर्नुपर्यो भने सहकार्यको ढोका पनि खुला राख्ने, सँगसँगै आफ्ना कार्यक्रमहरु पनि अगाडि बढाएर जाने,’– अध्यक्ष लिङ्देनले भने ।
Filephoto

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP